सुनसरी /नेपाली कागे्रंशका केन्द्रिय सदस्य विमलेन्द्र निधीले मुलुकमा गणतन्त्र र शान्तिप्रक्रिया कायम गर्न नेपाली कागे्रशका तत्कालीलन पार्टि सभापती गिरिजा प्रसाद कोइरालाको ठुलो भुमिका रहेको बताउनु भएको छ ।
सुनसरीको इनरुवामा नेपाली काग्रेंश जिल्ला कार्यसमितिले अयोजना गरेको गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्मोत्सवको अवसरमा कोइरालाको व्यत्तित्व विषयक अन्तरक्रियामा नेता निधीले सो कुरा बताउनु भएको हो ।
तत्कालनी अवस्थामा भएको माओवादी आन्दोलनलाइ शान्तिप्रक्रियामा ल्याएर मुलुकमा शान्ति र स्थायित्व कायम गर्न गिरिजा प्रसाद कोइरालाको निर्णायक भुमिका रहेको वहाँले बताउनु भयो ।
नेपाली काग्रेंशको सुनसरी जिल्ला कार्यालयको सभा हलमा भएको कार्यक्रममा सुनसरीको नेपाली काग्रेंस समर्थकहरुको वाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा इनरुवाका नगरप्रमुख केदार भण्डारी,पुर्व राज्यमन्त्री सिताराम मेहता,नेपालीक काग्रेशका नेता राजिव कोइरालालगायतले सो अन्तरक्रियमा आफ्नो विचार राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया