इटहरी । आज असार १५ अर्थात धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहँदा इटहरी उपमहानगरपालिकामा भने स्थानियले सडकमै धान रोपेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित रेडक्रस चौकको सडकमा पानी जमेर ठुलो खालड बनेपछि स्थानियले विरोध स्वरुप आज धान रोपेका हुन् ।

सडकका खाडल बर्षाको पानीले ठुलो आहाल बनेपछि स्थानियले विरोध गर्दै नाचगान सहित धान रोपेका हुन् ।

ठुलो संख्यामा भेला भएका स्थानियले पटक पटक आग्रह गर्दा पनि सडकका खाल्डा पुर्न कुनै पहल नभएको भन्दै विरोधमा धान रोपेको बताएक

 

यो सडक इटहरीको जुटविकास हुँदै पर्यटकिय स्थल तालतलैया जाने मुख्य बाटो हो । सडकको वडा नम्बर ४ मा रहेको भेटघाट चौक देखी उत्तर तर्फ सडक हिलाम्य रहेको छ ।

सडकको दुवै तर्फ ड्र्ेन निर्माण गर्दा होचो भएको भागमा जमेको पानी निकास नहुँदा आहाल बन्ने गरेको छ ।

तपाईको प्रतिक्रिया