
सुनसरी, भारतबाट नेपालतर्फ लागू औषध ब्राउन सुगर ल्याउँदै गरेका चारजना विभिन्न स्थानबाट पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही तथा भण्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद व्यक्ति तथा सवारी साधन जाँच गर्दा ब्राउन सुगर जस्तो देखिने लागू औषध बरामद गरेको हो।
प्रहरीका अनुसार, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा शंकास्पद रूपमा हिँडिरहेका धनकुटा छथर जोरपाटी गाउँपालिका–१ निवासी २९ वर्षीय दिलिप गजमेर ९विश्वकर्मा० को साथबाट २३।३६० ग्राम लागू औषध फेला परेको छ।
त्यस्तै, कोशी गाउँपालिका–१ स्थित भन्सारटोलमा हिँडिरहेका धनकुटा पाख्रीबास नगरपालिका–९ निवासी २७ वर्षीय रोशन तिम्सिनाको साथबाट १।७०० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ।
यसैगरी, कोशी गाउँपालिका–८ तिनकुनेमा प्र।१(०२(०५६ प ८०७४ नम्बरको मोटरसाइकलमा आएका सप्तरी महादेवा गाउँपालिका–२ निवासी २२ वर्षीय मुकेश कुमार मण्डल र तिलाठी गाउँपालिका–८ निवासी २८ वर्षीय सन्तोष कुमार मण्डलको साथबाट २।०५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको छ।
प्रहरीका अनुसार, बरामद गरिएको कुल लागू औषधको मात्रा २७।६५ ग्राम रहेको छ। पक्राउ परेका सबै व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।





