पुतली माया : प्रविधिले बदल्दै मानव सम्बन्धको परिभाषा
प्रेम हुनका लागि दुई प्राणीबीच भावना मिल्नुपर्छ भन्ने मान्यता लामो समयसम्म समाजमा स्थापित थियो । तर समयसँगै यो अवधारणामा क्रमशः परिवर्तन देखिन थालेको छ । अहिले मानिसले मानिसलाई नै सबैभन्दा भावना नमिल्ने प्राणीका रूपमा बुझ्न थालेको विश्लेषण हुन थालेको छ । प्रविधिमा भएको तीव्र विकाससँगै धेरैको ध्यान अहिले यौन पुतली (सेक्स डल) तर्फ केन्द्रित हुँदै गएको छ ।
बढ्दो आकर्षण र बदलिँदो धारणा
यौन पुतलीहर...









