इटहरीमा शनिबार साहित्य उत्सव, महानायक राजेश हमालसहित लेखकसँग अन्तरक्रिया !
इटहरी । इटहरीमा शनिबार एकदिने साहित्य उत्सव आयोजना हुने भएको छ। प्रकाशन गृह फाइनप्रिन्टको आयोजनामा प्रकाशित पुस्तकका लेखकहरूसँग प्रत्यक्ष अन्तरक्रिया हुने कार्यक्रमबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार बिहान १० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमालसहित ६ जना चर्चित लेखक सहभागी हुनेछन्।
कार्यक्रममा ...









