अब आठ जटिल रोगका बिरामीले स्वास्थ्य बीमामार्फत २ लाख रुपैयाँसम्म उपचार सहायता पाउने !
सुनसरी / स्वास्थ्य बीमा कार्यक्रममा ऐतिहासिक सुधार गर्दै सरकारले अब आठ प्रकारका जटिल रोगमा बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सहायता उपलब्ध गराउने निर्णय गरेको छ। यो सुविधा आगामी साउन १ गतेदेखि लागू हुनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै, पहिले उपलब्ध १ लाख रुपैयाँको सीमा दोब्बर बनाएर नागरिकको जीवनमा राहत ल्याउने प्रयत्...







