तर्पण र पिण्डदानका साथ आज सोह्रश्राद्ध विधिवत् रूपमा समापन हुँदै !
सुनसरी / आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।
कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आ...