सुनसरी / हिजोदेखी सुनसरीको इटहरीमा सुरु भएको १३ वर्ष मुनिका खेलाडिहरुको कोशी प्रदेश स्तरीय फुटवल प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको छ । आज भएको खेलमा तिनवटा टिमहरुले प्रतिस्पर्धा गरेका छन् ।
तिन टिम मध्ये पहिलो खेलमा सहभागि आयोजक टिम जुटविकास फुटवल क्लव र इटहरी फुटवल क्लवको खेल वरावरीमा टुगिंएपछि ट्र«ाइवेकरमा आयोजक जुटविकास फुटवल क्लवले चार गोल गरेर जित हात पारेका छन भने इटहरी फुटवल क्लवले ३ गोल गरेका थिए ।
त्यसतै दोस्रो खेलमा मारेङ्गको जहदा एफसी र सुनसरीको भुम्का स्थित  आरम्भ स्कुल विच प्रतिस्पर्धा भएको थियो । जसमा जहदा एफसीले ८ गोल गदैृ जित हात पारेका थिए । भने आरम्भले ० गोल गरे ।
आजै भएको तेस्रो खेलमा झुम्काको लर्डवुद्ध र विराटनगरको जनपथ एकेडमि विच खेल भएको छ । जसमा जनपथले ३ गोल गर्दै जित हात पार्न सफल भएको छ भने लर्डवुद्धले १ गोलमा चित्त वुझाउन परेको थियो ।
जुटविकास फुटवल क्लव च्यालेन्ज कप अण्डर १३ को यो दोस्रो संस्करण हो ।
वाल वालिकाहरुलाइ दुव्यर्सनमा र वालशोषण वाट रोक्न तथा सानैदेखी स्वास्थ्य जिवनशैली तर्फ आकार्षित गर्न सुरु गरिएको यो प्रतियोगितामा पहिलो हुने खेल समुहलाइ ३० हजार रुपैया र दोस्रो हुने खेल समुहलाइ २० हजार रुपैया नगर पुरस्कार दिने खेल सयोंंजक भोला चाम्लिङ्गले बताउनु भयो । त्यसतै सिरिज अफद म्याच हुने खेलाडिलाइ स्पोर्टस साइकल प्रदान गरिने आयोकले जानकारी दिएको छ ।्
खेलमा सुनसरी,मोरङ्ग झपालगयत कोशी प्रशेशको विभिन्न जिल्लाहरुवाट खेल समुहरुको सहभागिता रहेको छ  । खेलको समुदघाटन इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जिनेन्द्र थापाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया