सुनसरी /आजदेखी सुनसरीको इटहरीमा १३ वर्ष मुनिका खेलाडिहरुको कोशी प्रदेश स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।
जुटविकास फुटवल क्लव च्यालेन्ज कप अण्डर १३ को यो दोस्रो संस्करण हो । बाल शोषण रोकौ मुल नाराका साथ इटहरीको इडिभियम खेलमैदानमा भएको आज पहिलो खेल सुनसरीको रामधुनी स्थित पञ्चायन स्कुल र इटहरीको मिनिल्याण्ड स्कुल विच प्रतिस्पर्धा भएको थियो ।
आजको पहिले खेलमा मिनिल्याण्डको १ गोल विरुद्ध पन्चायनले ३ गोल गर्दै जित हात पारेको छ ।
वाल वालिकाहरुलाइ दुव्यर्सनमा र वालशोषण वाट रोक्न तथा सानैदेखी स्वास्थ्य जिवनशैली तर्फ आकार्षित गर्न सुरु गरिएको यो प्रतियोगितामा पहिलो हुने खेल समुहलाइ ३० हजार रुपैया र दोस्रो हुने खेल समुहलाइ २० हजार रुपैया नगर पुरस्कार दिने खेल सयोंंजक भोला चाम्लिङ्गले बताउनु भयो । त्यसतै सिरिज अफद म्याच हुने खेलाडिलाइ स्पोर्टस साइकल प्रदान गरिने आयोकले जानकारी दिएको छ ।्
खेलमा सुनसरी,मोरङ्ग झपालगयत कोशी प्रशेशको विभिन्न जिल्लाहरुवाट खेल समुहरुको सहभागिता रहेको छ  । खेलको समुदघाटन इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जिनेन्द्र थापाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया