सुनसरी / स्थानिय उत्पादनलाइ प्रवद्धन गर्न इटहरीका स्थानिय महिलाहरुले आजदेखी नागवेली पालिका बजार सुरु गरेको छ ।
आफ्नो उत्पादन आफ्नै बजारमा भन्ने नाराका साथ तिहार सम्म सञ्चालन हुने गरी इटहरी उपमहानगरपालिकाको मुल गेटको पश्मिच तर्फ पालिका बजारको सुरुवात गरिएको हो ।
इटहरीमा महिला तथा साना व्यवसायीहरुले उत्पादन गरेको जुत्ता,झोला,विभिन्न प्रकार पोसाक,श्रगारका सामाग्रि तथा विभिन्न प्रकारका खाद्यन तथा मिष्ठानको परिकार विक्रि केन्द्रमा राखिएको छ ।
स्थानिय उत्पादनलाइ प्रोत्साहन गर्न र सरल बजारीकरण गर्न यो नागवेली पालिका बजारको सुरुवात गरिएको बजारकि सयोंक विजया प्याकुरेलले जानकारी दिनु भएको छ ।
अहिले यो बजारमा करिव चार दर्जन सामाग्रीहरु राखिएको छ । विस्तार स्थानिय सागसव्जी र अन्य खाद्यन तथा यस  क्षेत्रका थारु आदीवासी र अन्य समुदायको सामाग्रीहरु समेत विक्रिकालागी जोड्दै जाने आयोजकले जानकारी दिएको छ ।
पालिका वजारको अवलोकन गर्न आइपुग्नु भएका प्रदेश सभासदस्य मिना श्रेष्ठले यो बजारले महिला सशत्तिकरणमा अहम भुमिका निर्वाह गर्ने बताउनु भयो । सा साना लगानीमा सञ्चालित साना उद्यमिहरुकालागी यो बजार सेतुको रुपमा स्थापित हुने श्रेष्ठले बताउुन भयो ।
त्यतै प्रेश चौतारीका सुनसरी जिल्ला अध्यक्ष सुभद्रा सुवेदीले यो बजार सानो रुपमा सुरु भएपनी यसले इटहरी र आसपासका साना व्यवसायीहरुलाइ ठुलो राहत दिने विश्वास व्यत्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया