खनार / इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नवनिर्मित वडा भवन आज एक कार्यक्रमका विच उद्यघाटन गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौड्ल र ११ का वडा अध्यक्ष केशव कोइरालाले सयुत्त रुपमा नवनिर्मित भवनको उद्यघाटन गर्नु भएको हो ।
उपमहानगरपालिकाको १ करोड ३ लाख रुपैयाको लागतमा निर्माण भएको दुइ तल्ले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । स्थानिय तहको निर्वाचनको सात वर्ष भाडाको भवनवाट सेवा दिदै आएको यो वडाले आजदेखी आफ्नै भवन भवनवाट सेवा दिन सुरु गरेको हो ।
उपमहानगरपालिकाल सेवाग्राहिको मागसगैं थप सेवा केन्द्रहरु समेत विस्तार गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख हेमकर्ण पौडेलले बताउनु भएको छ । वडा सार्ने विषयमा केहि समस्या देखिएको बताउनु हुदै नगरप्रमुख पौड्लले समय क्रमसगैं वडाका अन्य स्थानहरुमा समेत भवन बनाउनु पर्ने उपमहानगरको योजना रहेको बताउनु भयो । उद्यघाटन कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी प्रमुख रामचरित्र मेहता,इटहरी १२ का वडा अध्यक्ष भुवनराज पोख्रेललगायत स्थानिय राजनैतिक व्यत्तित्व,समाजसेवी,वुद्धिजिविहरुले मनत्वय व्यत्त गर्नु भएको थियो ।
त्यसै गरी आज इटहरी उमपहानगरपालिकाको १० नम्बर वडाको भवन समेत समुद्यघाटन गरिएको छ ।
इटहरी उमपहानगरपालिकामा रहेको २० वटा वडा मध्ये अव १३ र १५ वडाको भवनमा निर्माण हुन वाकि रहेको छ ।

तपाईको प्रतिक्रिया