सुनसरी /वैकं,वित्तिय संस्था र मिटर व्याजि पिडितहरु आज सुनसरीको इटहरीमा विरोध प्रदर्शन गरेका छन् ।
वैकं लघुवित्त,सहकारी होसियार,पुन कर्जा लागु गर,बीस लाख रुपैया सम्मको रिण मिनाह गर जस्ता नारा लेखिएको प्लेकार्ड वोकेर पिडितहरु इटहरीको पुर्वलाइन देखी विपि चौकहुदै हलगडा सम्म नगर परिक्रमा गरेका थिए ।
असार लागेरसगैं वैकं र वित्तिय संस्थाहरुले मानसिक तनाव दिन थालेको भन्दै उनीहरु सडकमा उत्रिएका थिए । विरोध प्रर्दशन पछि उनीहरुले कोण सभा समेत गरेको थिए । वैक र वित्तिय संस्थाहरुले साना रिणिलाइ वढि दुख दिन थालेको भन्दै सडकमा उत्रिनु परेको राष्ट्र«,राष्ट्रि«यता नागरिक बचाउ अभियान इटहरीका सयोंजक सरद तामाङ्गले बताउनु भयो ।
सरकारी तथा निजि वैकं,वित्तिय संस्था र सहकारीहरु इटरीमा करिव २ अर्व रुपैया लगानी गरेको छ । ठुला भन्दा पनी साना व्यपारीहरु र व्यत्तिगत रिण लिनेहरुलाइ वढिमात्रामा वैकंहरुले मानसिक यातना दिने गरेको उनीहरुको वुझाइ रहेको छ ।

तपाईको प्रतिक्रिया