इटहरी / रञ्जित तामाङ ले झापा–५ को निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने निश्चित देखिएपछि जनताले पुराना राजनीतिक दललाई सबक सिकाएको प्रतिक्रिया दिएका छन्।
झापा–५ बाट उम्मेदवारी दिएका तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै यस पटकको जनमतले परम्परागत दलप्रति असन्तुष्टि प्रकट गरेको बताएका हुन्। उनका अनुसार मतदाताले परिवर्तनको अपेक्षासहित नयाँ शक्तिलाई अवसर दिएका छन्।
तामाङले जनताको निर्णयलाई सम्मान गर्दै लोकतन्त्रको मजबुतीकरण र देशले भोगिरहेको संकटको निकासका लागि आफू हारेर पनि देश जित्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्। उनले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै जनताको जनमतलाई स्वीकार्नु नै सही राजनीतिक संस्कार भएको बताए।
यसैबीच झापा–५ मा बालेन्द्र शाह (बालेन)को जित लगभग निश्चित देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह पछिल्लो मतगणना अनुसार प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतले अगाडि रहेका छन्।
निर्वाचन परिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ संकेत देखाएको विश्लेषणसमेत सुरु भएको छ, जहाँ मतदाताले परम्परागत दलप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक शक्तिप्रति विश्वास देखाएको टिप्पणी भइरहेका

तपाईको प्रतिक्रिया