झापा । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर–५ अहिले देशकै सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा स्थापित भएको छ। प्रमुख राजनीतिक प्रतिस्पर्धाका कारण राष्ट्रिय ध्यान केन्द्रित बनेको यस क्षेत्रमा सुरक्षा व्यवस्था अभूतपूर्व रूपमा कडा पारिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बीचको प्रतिष्ठापूर्ण प्रतिस्पर्धालाई मध्यनजर गर्दै नेपाली सेनाले विशेष सुरक्षा रणनीति लागू गरेको हो।
सुरक्षा स्रोतका अनुसार माघ २१ गतेदेखि दमक क्षेत्रमा सेनाले कमान्ड पोस्ट स्थापना गरी गौरादहदेखि गौरीगञ्जसम्म २५० भन्दा बढी विशेष प्रशिक्षित सैनिक परिचालन गरिसकेको छ। सम्भावित सुरक्षा चुनौतीलाई नियन्त्रणमा लिन जमिनमा बख्तरबन्ध गाडीमार्फत नियमित गस्ती सञ्चालन भइरहेको छ भने आकाशबाट हेलिकप्टरमार्फत हवाई निगरानी (एरियल रेकी) समेत तीव्र बनाइएको छ।
निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने प्रयास हुन सक्ने आकलनका आधारमा सेनाको बम डिस्पोजल टोलीलाई ‘हाई अलर्ट’ अवस्थामा राखिएको छ। सुरक्षा निकायले परम्परागत ‘पर्ख र हेर’ रणनीति त्याग्दै आवश्यक परे तत्काल कडा कारबाही गर्ने स्पष्ट निर्देशन पाएको बताइएको छ।
सुरक्षा व्यवस्थाअन्तर्गत मतदान केन्द्रको बाहिरी घेरादेखि मतपेटिका ओसारपसार, भण्डारण तथा मतगणना स्थलसम्म चौबीसै घण्टा सैनिक निगरानी रहनेछ। नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै निर्वाचन प्रक्रिया सुरक्षित बनाउने तयारीमा रहेको छ।
सुरक्षा निकायले लोकतन्त्रको उत्सवलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कुनै पनि अवाञ्छित गतिविधि सह्य नहुने चेतावनी दिएको छ। “निर्वाचनमा खलल पुर्‍याउने जो–कोहीमाथि तत्काल कानुनी कारबाही हुनेछ,” सुरक्षा अधिकारीहरूको भनाइ छ।
झापा–५ अहिले राजनीतिक प्रतिस्पर्धासँगै सुरक्षा व्यवस्थाका कारण पनि मुलुककै ‘इलेक्सन इपिसेन्टर’ का रूपमा चर्चामा आएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन

तपाईको प्रतिक्रिया