इटहरी । सुनसरीको खनारस्थित शारदा मा.वि. का पूर्व प्रधानाध्यापक तथा हालका प्रधानाध्यापक पिताम्बर सिंह राईका पूजनीय पिता पारथ सिंह राईको हिजो बेलुका करिब ११ बजे निधन भएको छ। परिवार स्रोतका अनुसार उहाँको आज मिति २०८२ फागुन ९ गते शनिबार अपराह्न ३:०० बजे इटहरीस्थित बुढीगंगा आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।
शिक्षा क्षेत्रसँग नजिकबाट जोडिएका र सामाजिक रूपमा सक्रिय रहँदै आउनुभएका राईको निधनले खनार तथा आसपासका क्षेत्र शोकाकुल बनेका छन्। उहाँलाई स्थानीयवासीले सरल, मिलनसार र समाजसेवी व्यक्तित्वका रूपमा सम्झने गरेका छन्।
मृतक राईका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया