इटहरी  /मोरङ–सुन्सरी सिँचाइ आयोजनाअन्तर्गत ग्रामथानको नेताचोकदेखि पश्चिम बजरङ्गबली मन्दिर आसपासमा फेला परेको शव इटहरी उपमहानगरपालिका–११ निवासी ६० वर्षीय महेन्द्र प्रसाद नेपालको भएको पुष्टि भएको छ।

केही दिनअघि घरबाट निस्किएपछि सम्पर्कविहीन भएका नेपाल परिवारको सम्पर्क बाहिर रहेका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गर्नुका साथै प्रहरीमा समेत जानकारी गराएका थिए।

खोजी जारी रहेकै क्रममा उक्त क्षेत्रमा एक पुरुषको शव फेला परेपछि प्रहरीले पहिचान प्रक्रिया अघि बढाएको थियो। सो क्रममा मृतक महेन्द्र प्रसाद नेपाल नै भएको पुष्टि भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने परिवार शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया