इटहरी  । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। अन्य कुनै पनि राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारबाट मनोनयन दर्ता नभएपछि थापा निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन तालिकाअनुसार मनोनयन दर्ता प्रक्रियामा एकमात्र उम्मेदवार परेपछि निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको मानेको हो। यद्यपि, उनको निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा पुस २७ गते गरिने आयोगले जनाएको छ।
थापा नेपाली कांग्रेसका अनुभवी नेता मानिन्छन्। उनी निर्विरोध निर्वाचित भएपछि राष्ट्रियसभामा कांग्रेसको उपस्थिति थप सुदृढ हुने पार्टी नेताहरूले बताएका छन्। यसलाई कांग्रेसका लागि राजनीतिक रूपमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया