
इटहरी /इटहरी उपमहानगरपालिका वडा नम्बर १२ ले वडा सङ्ग बालबालिका कार्यक्रम अन्तर्गत इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब १२१ जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको हो। कपडा वितरण कार्यक्रमका संयोजक तथा इटहरी उपमहानगरपालिकाकी कार्यपालिका सदस्य विनिता गिरीले बालबालिकाको स्वास्थ्य र पठनपाठनलाई ध्यानमा राख्दै न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पिताम्बर सिंह राईले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो।
त्यसैगरी वडा नम्बर १२ का वडा अध्यक्ष भुवनराज पोखरेलले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि वडाबाट आवश्यक सहयोग निरन्तर गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।
कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावकहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।









