तैयब हुसेन
तैयब हुसेन

सुनसरी । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुई जना नेताको नाम सिफारिस गरेको छ। पार्टीको निर्वाचन समन्वय समितिले गरेको वृहत् छलफलपछि क्षेत्रीय कमिटीले पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य भगवती चौधरी र पूर्व केन्द्रीय सदस्य तथा पूर्वी नेपालका अगुवा मुस्लिम नेता तैयव हुसेनको नाम सिफारिस गरेको हो।

क्षेत्रीय स्रोतका अनुसार पार्टी संगठन सुदृढीकरण, स्थानीय जनाधार, राजनीतिक अनुभव र समावेशीतालाई ध्यानमा राख्दै यी दुई नेताको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। सिफारिस सूची जिल्ला हुँदै प्रदेश र केन्द्रीय समितिमा पठाइने एमालेको आन्तरिक प्रक्रिया रहेको छ।

भगवती चौधरी
भगवती चौधरी

पूर्व मन्त्री चौधरी सुनसरी–३ मा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको नेता हुनुहुन्छ भने तैयव हुसेन मुस्लिम समुदायभित्र प्रभावशाली नेता मानिनुहुन्छ। दुवै नेताको सिफारिसले निर्वाचन क्षेत्रमा एमालेको तयारी थप सशक्त बनेको पार्टी नेताहरूको दाबी छ।

एमाले सुनसरी–३ ले आगामी निर्वाचनमा जित सुनिश्चित गर्न संगठन विस्तार, मतदाता भेटघाट र चुनावी रणनीति निर्माणलाई तीव्रता दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया