सुनसरी, जेन्जी आन्दोलन अन्तर्गत गएको भदौ २४ गते ईटहरीमा भएको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा गरिएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएस्पी सुवास हमालका अनुसार प्रहरीका अनुसार आन्दोलनका क्रममा कार्यालय भवन तथा सवारीसाधनमा क्षति पु¥याउने, आगजनी तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग दुव्र्यवहार गर्ने व्यक्तिहरूको पहिचान गर्न फोटो, भिडियो तथा प्रत्यक्ष प्रमाणको आधारमा खोजतलास तीव्र बनाइएको थियो। सोही क्रममा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले घटनामा संलग्न ठहरिएका पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ निवासी २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ–७ वतन भई हाल इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री,इटहरी–५ बस्ने ४४ वर्षीय दिपेन्द्र कुमार कार्की,इटहरी–८ बस्ने २४ वर्षीय आभाष कार्की, र इटहरी–४ बस्ने २४ वर्षीय सोनम कार्की रहेका छन् ।
उनीहरुलाई मिति २०८२।०८।१० गते आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा सुनसरी जिल्ला अदालतबाट चार दिनका लागि म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान र प्रमाण संकलन जारी रहेको पनि जानकारी गराएको छ । त्यसतै प्रहरीले खनार स्थित प्रहरी चोकी र खनारमा रहेको ट्र«ाफिक विटमा तोडफोड र आगजनी गर्नेहरुको समेत तिव्र खोजतलास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया