इटहरी /गछिया युवा समाजको आयोजनामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिता २०८२  मंसिर १५ गते सोमबार हुने भएको छ।

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिरबाट प्रतियोगिताको उद्घाटन मिति औपचारिक रूपमा घोषणा गरिएको हो। आयोजक गछिया युवा समाजका अनुसार, प्रतियोगिताको प्रमुख नारा “लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आवहान—स्वास्थ्य रहन खेलकुदमा ध्यान” रहेको छ।

समाजका प्रतिनिधिहरूका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूमाझ लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउने र खेलकुदमार्फत अनुशासित, सक्षम तथा स्वस्थ युवा उत्पादन गर्ने रहेको छ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूमा —
१. लिजेन्ड फुटबल क्लब, सिक्किम
२. जलथल फुटबल क्लब, झापा
३. गाईघाट युनाइटेड
४. दमक फुटबल एकेडेमी
५. सहलेस युवा क्लब, सिरहा
६. बेलबारी फुटबल क्लब
७. राष्ट्रिय जाग्रिति, इटहरी
८. आयोजक गछिया युवा समाज

प्रतियोगिताको प्रथम पुरस्कार रू. २ लाखदोस्रो पुरस्कार रू. १ लाख निर्धारण गरिएको छ।

आयोजक समितिले तयारी तीव्र गतिमा भइरहेको र उद्घाटन समारोहलाई भव्य र आकर्षक बनाउन विशेष योजना बनाइएको जनाएको छ। समाजले खेलकुदमार्फत युवाबीच आपसी एकता, भाईचारा र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

 

तपाईको प्रतिक्रिया