मोरङ । रङ्गेली नगरपालिका–५ मा हालै ‘सिंगा हाइना’ (Singha Hyena) जस्तो देखिने अज्ञात जनावर देखिएको खबर सार्वजनिक भएपछि स्थानीयवासीहरू त्रसित बनेका छन्। जनावर भारततर्फबाट प्रवेश गरेको आशंका गरिएको छ।
स्थानीयहरूका अनुसार उक्त जनावर राति घर नजिकको जंगल र खेत क्षेत्र वरिपरि देखा परेको बताइएको छ। अचानक देखिएको जनावरले बाख्रा तथा कुकुरजस्ता साना पशुपक्षीलाई आक्रमण गर्ने डरले गाउँमा आतंक फैलिएको छ।
सुरक्षाकर्मीहरूले जनताको सुरक्षालाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, जनावर फेरि देखा परे वा कुनै क्षति पुर्याए तुरुन्त नजिकको प्रहरी वा सम्बन्धित निकायलाई जानकारी दिन अनुरोध गरिएको छ।
जनावरको प्रजाति र वास्तविक स्रोत पत्ता लगाउन वन कार्यालय र प्रहरी टोलीले संयुक्त अनुगमन सुरु गरेको जनाइएको छ।






