
इटहरी, कार्तिक १३। खनारका प्रख्यात समाजसेवी मनोरन्जन शाहको ८७ वर्षको उमेरमा असामयिक निधन भएको छ। उहाँले जीवनभर समाजसेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएको थियो।
स्व. शाहले खनार क्षेत्रको विद्यालय र स्वास्थ्य संस्थाका लागि जग्गा दान गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनले स्थानीय समाजमा ठूलो शोक छाएको छ।
उहाँका परिवारमा दुई छोरा र एक छोरी रहेका छन्। श्रीमती यसअघि नै दिवाङ्गत भइसक्नुभएको हो।
कोशी प्रदेशका सांसद रोहितबहादुर कार्कीले शाहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “उहाँको निधनले खनार मात्र होइन, सम्पूर्ण समाजले एक असल मार्गदर्शक गुमाएको छ।”
समाजसेवी शाहको अजय हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको उहाँका पारिवारिक सदस्य सुशील शाहले जानकारी दिनुभएको छ।





