
सुनसरी — नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ६ ठूला उद्योगहरूको विद्युत् आपूर्ति काटेको छ। लोडसेडिङको समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगमाथि कारबाहीस्वरूप विद्युत् लाइन विच्छेद गरिएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ स्थित रिलायन्स स्पेनिङ मिल्स्को आज बिहान लाइन काटिएको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख राम उद्धार शाहले जानकारी दिनुभएको छ। !त्यस्तै हेटौंडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योगको लाइन काटिएको प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवले जानकारी दिए। उनका अनुसार शिवम् सिमेन्ट उद्योगले करिब ७७ करोड ८८ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ।
त्यसैगरी प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको पनि विद्युत् आपूर्ति रोकिदिएको छ। जगदम्बा स्टील — १ अर्ब ६० करोड रुपैयाँ घोराही सिमेन्ट — ५० करोड ८५ लाख रुपैयाँ अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज — ४४ करोड ८४ लाख रुपैयाँ र त्रिवेणी स्पिनिङ मिल्स — ३२ करोड १० लाख रुपैयाँ
यी सबै उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ प्रयोगबापतको अतिरिक्त महसुल तिरेका छैनन्।
नेपाल विद्युत् प्राधिकरणले तिहारको सार्वजनिक बिदा अवधिमा पनि उद्योगहरूले बक्यौता रकम बुझाउन सकून् भनेर विशेष काउन्टर सञ्चालनमा ल्याइएको छ। “विद्युत् महसुल तिर्ने प्रक्रिया सहज बनाउनका लागि प्राधिकरणले बिदामा पनि सेवा उपलब्ध गराइरहेको छ।”
यसअघि पनि प्राधिकरणले बारम्बार चेतावनी दिएर समेत महसुल नतिरेका उद्योगमाथि अन्ततः कारबाही गरेको हो।





