इटहरी। अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आगामी आइतबार र सोमबार (असोज १९ र २०) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार लगातारको वर्षाले सडक अवरुद्ध भई जनजीवन कष्टकर बनेपछि मन्त्रिपरिषद्को निर्णयअनुसार थप दुई दिन बिदा दिइएको हो।

यसअघि भोलिदेखि सरकारी कार्यालय र सार्वजनिक संस्था सञ्चालन गर्ने तयारी भए पनि सडक सम्पर्क विच्छेद र यातायात ठप्प भएपछि बिदा थपिएको हो।

अविरल वर्षाले देशका विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बनेको छ। यातायात अवरुद्ध हुँदा विद्यालय, कार्यालय र अन्य गतिविधि प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया