इटहरी । रंजिता श्रेष्ठ नेतृत्वको नारगरिक उनमुत्ति पार्टीले जनता तथा कार्यकर्ताहरुको मनोभावना अनुसार काम नगरेको  र सत्ता मोहमा केन्द्रिय भएको भन्दै सुनसरीका अधिकासं अगुवा कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।
आज सुनसरीको इटहरी १२ स्थित खनारको रेडकक्रस भवनमा संयुत्त पार्टी परित्याग कार्यक्रमको आयोजना गदै सुनसरीको ३ दर्जन अगुवा कार्यकर्ता तथा नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नागरिक उनमुत्ति पार्टी इटहरी नगर कमिटिले आयोजना गरेको कार्यक्रममा पार्टिका जिल्ला अध्यक्ष अक्षय कुमार चौधरीले पार्टि लोकतन्त्र र जन्ताको भावना माथि कुठाराघात गर्न उधध्त रहेकाले पार्टीवाट विदा भएको बताए । आफु आजैदेखी पार्टीको कुनै पनी पदमा नरहेने उन्ले घोष्णा गरे ।
हालैको न्भल श् आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै केही नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हु्न । २०८२ साल भदौ २३ र २४ गते भएको राज्यद्वारा ७२ जनाको हत्या र सहादत प्राप्त गरेका विद्यार्थी, दिदीबहिनी र आम नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई भौतिक तथा नैतिक समर्थन रहेको पार्टीका इटहरी नगर कमिटि अध्यक्ष शेषक राम थानदारले बताए । मुलुकमा यति धेरै उथलपुथल भएपनी पार्टी जन्ताप्रति बफदार नदेखिएको उन्ले आरोपत लगाए ।
 युवाहरुको आन्दोलनमा  “सरकारको दमनकारी कदमप्रति घोर आपत्ति जनाउँदै हाम्रो न्भल श् को आन्दोलनलाई पूर्ण समर्थन रहने समेत थानदारले बताए । पार्टीले संगठन विस्तार,कार्यकर्ताहरुको भावना अनुरुप काम गर्न नसकेकोले आफुहरुले पार्टी परित्याग गर्न बाध्य भएको नेता थानदारले बताए ।
यसअघि २०७९ साल भदौ ७ र ८ गते कैलालीको टिकापुर घटनाबाट सृजित नेता रेशमलाल चौधरी जेलमा रहेका बेला पनि देशव्यापी आन्दोलन भएको उल्लेख गर्दै कार्यक्रममा दिइएको विज्ञप्तिमा हालसम्म नागरिक उनमुत्तिले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाइएको छ । सोही कारण प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहमा करिब २ लाख ७८ हजार मत पाएको भए पनि पार्टीले जनअपेक्षा पुरा नगरेको निष्कर्ष विज्ञप्तिमा प्रष्ट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “८ वर्षअघि भएको ईटहरी नगर सभाबाट सुरु भएको हाम्रो  यात्राले केही सफलता पाए पनि ठूला दल र पार्टीभित्रको गुटबन्दी, आपसी अविश्वास र नेतृत्व तहको विवादका कारण आज पार्टीलाई उकास्न सकिने अवस्था नरहेको देखियो।”
नागरिक उनमुत्तिका पवार्टीका केन्द्रिय अध्यक्ष रंजिता श्रेष्ठसहित पार्टीभित्रको कुर्सी मोह, आपसी हटदखेल र घमण्डले गर्दा संगठनलाई अगाडि बढाउन कठिन भएको ठहर गर्दै नेताहरुले पार्टी परित्याग गरी साधारण सदस्य समेत नरहने गरी औपचारिक रूपमा घोषणा गरेका छन् । कार्यक्रममा पार्टिका केन्द्रिय सदस्यदेखी जिल्ला र नगर कमिटिका पदाधिकारीहरुको वाक्लो उपस्थित रहेको थियो ।
मुलुकमा उपेक्षित समुदायको रुपमा रहेको थारु समुदायलाइ विभिन्न पार्टीहरुले  प्रयोग मात्र गरेको कार्याक्रममा समाजसेवी रामसागर चौधरीले बताए । उनले भने अव पनी थारु समुदाय कुनै पार्टीमा लागेर झोता वोक्नु भन्दा आफ्नो समुदायकालागी एक जुट भएर उठ्नु पर्ने तर्क राखे ।
पार्टि परित्याग गरेका नेता तथा कार्यकताहरु ऋहिले कुनै पनी पार्टीमा सामेल नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया