इटहरी । जेनजी आन्दोलनका क्रममा अराजक समूहले भवनमा आगजनी गरेपछि इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक खुला चौरमा बसेको छ ।

२३ र २४ भदौमा आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुगेको थियो । मंगलबार उपमहानगरपालिकाको प्रांगणमा कार्यपालिका बैठक बसेको हो ।

बैठकले उपमहानगरको कार्यालय ४ असोजदेखि कार्यालय सुचारु गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत मिनबहादुर भट्टराईले जानकारी दिए ।

बैठकले पालिकाको कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको उनले बताए ।

जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्ने निर्णय पनि गरेको छ ।

२३ भदौमा इटहरी उपमहानगरपालिकामा अराजक समूहले आगजनी गरेको थियो । प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया