इटहरी, असार ५ – नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले इटहरीमा नयाँ आधिकारिक डिलर भवानी शंकर एण्ड सन्समार्फत GHK स्तरको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

नयाँ डिलरशिपको औपचारिक उद्घाटनको अवसरमा कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार ५ देखि १५ गतेसम्म विशेष सर्भिस क्याम्प सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

 ग्राहकलाई लक्षित विशेष अफरहरू

कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकले निम्न सुविधाहरूको लाभ लिन सक्नेछन्:

🔹 नयाँ गाडी परीक्षण गर्ने अवसर
🔹 पुराना गाडी साट्ने (एक्सचेन्ज) सुविधा
🔹 २ लाख रुपैयाँसम्म नगद छुट
🔹 १ वर्षको निःशुल्क सवारी बीमा
🔹 २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस
🔹 २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस
🔹 मुफ्त सिट कभर, म्युजिक सिस्टम लगायतका एसेसोरीज
🔹 अतिरिक्त २० हजार रुपैयाँसम्मको नगद छुट

सर्भिस क्याम्पमा छुट र निःशुल्क सेवाहरू

विशेष सर्भिस क्याम्पमा सहभागी हुने सुजुकी गाडी मालिकहरूका लागि:

🔸 निःशुल्क गाडी चेकअप र कार वास
🔸 पार्ट्समा १५% छुट
🔸 लुब्रिकेन्टमा १०% छुट उपलब्ध गराइनेछ।

सेवा मात्र होइन, सम्बन्ध प्राथमिकता

भवानी शंकर एण्ड सन्सका प्रबन्ध निर्देशक मिसन पराजुलीले कोशी प्रदेशका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने उद्देश्यले यो आउटलेट स्थापना गरिएको बताएका छन्। उनले भने,

“हामी केवल गाडी बेच्नेमा सीमित छैनौं, ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण र उत्कृष्ट सेवा हाम्रो प्रमुख प्राथमिकता हो।”

उनका अनुसार इटहरी, विराटनगर र वरपरका क्षेत्रका ग्राहकहरूलाई सहज पहुँच र गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी कटिबद्ध छ।

नयाँ ग्राहकलाई डेलिभरी र ‘ड्राइभ योर ड्रीम्स’ सन्देश

उद्घाटन समारोहकै अवसरमा केही नयाँ ग्राहकलाई गाडीको डेलिभरी पनि गरिएको थियो। गाडीको साँचो हस्तान्तरण गर्दै “ड्राइभ योर ड्रीम्स” भन्ने सन्देश प्रदान गरिएको थियो।

सुजुकी : नेपाली ग्राहकको पहिलो रोजाइ

उत्कृष्ट माइलेज, नवप्रविधिको प्रयोग, कम सञ्चालन खर्च, र सशक्त सर्भिस सञ्जालका कारण सुजुकी गाडीहरू नेपाली उपभोक्ताबीच अत्यधिक लोकप्रिय रहेका छन्। कम्पनीका अनुसार, सुजुकी गाडीहरू विगतदेखि नै नेपाली बजारमा अग्रणी ब्रान्डको रूपमा स्थापित हुँदै आएका छन्।

 

तपाईको प्रतिक्रिया