सुनसरी, सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल दिउँसो करिब ३:३५ बजे अनियन्त्रित भई कोशी लोकमार्गमा पल्टिएको थियो।

दुर्घटनामा धनकुटा पाख्रिबास नगरपालिका–४ स्थायी घर भई हाल इटहरी–१, हासँपोसा बसोबास गर्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनी हाल विराटनगरस्थित एक अस्पतालमा उपचाररत छन्।

उक्त मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती ४५ वर्षीया हिरा मेघा गम्भीर घाइते भइ घटनास्थलमै बेहोस अवस्थामा फेला परेकी थिइन्। अनुहारमा गम्भीर चोट लागेको अवस्थामा उनलाई तत्काल विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर उपचारको क्रममा मंगलबार नै उनको निधन भएको प्रहरी स्रोतले जनाएको छ

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इटहरी इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक कमलप्रसाद घिमिरेले जानकारी दिए।


 

तपाईको प्रतिक्रिया