इटहरी / चट्याङ्ग लागेर इटहरीका १२ वर्षीय एक बालकको ज्यान गएको छ।

सुनसरीको इटहरीस्थित ग्रिन पिस एकेडेमीमा कक्षा ६ मा अध्ययनरत आविष्कार बरालको चट्याङ्ग लागेर निधन भएको हो। उनी मोरङको कानेपोखरी–१, होक्लाबारीस्थित मामाघर गएका बेला साइकल चलाइरहेका थिए। सोही क्रममा चट्याङ्ग लागेपछि गम्भीर घाइते भएका बराललाई तत्काल उद्धार गरी विराटनगरस्थित एक अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बरालको असामयिक निधनले परिवार, विद्यालय तथा समुदायमा शोक छाएको छ।

तपाईको प्रतिक्रिया