इटहरी / इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशनको हुँदैछ । इटहरी जेसीजको आतिथ्यतामा आगामी पुस ६, ७ र ८ गते नेपाल जेसीजको महाधिवेशन हुने भएसँगै तयारी थालिएको हो ।

महाधिवेशन निर्देशक दीपक ढकालकाअनुसार इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयका प्राङ्गणमा महाधिवेशन हुनेछ । जहाँ अहिले स्टल निर्माणको काम भइरहेको छ ।

‘पाहुनाहरूलाई बस्ने होटल, खानेको व्यवस्था र स्टल निर्माणाधीन अवस्थामा छ,’ उनले भने, ‘हामीले सबै शाखाहरूसँग समन्वय गर्ने, स्थानीय प्रशासनसँग समन्वय गर्नेजस्ता काम गरिरहेका छौँ, यो महाधिवेशन हामी सबैले अपनत्व हुनेगरी हुन्छ ।’

राष्ट्रिय महाधिवेशन भएकाले कुनै पार्टीको, कुनै जातिको नभइ सबैको अपनत्व हुने भएकाले सबैलाई सहभागी हुन उनले आह्वान गरे ।

खासगरी नेपालभर रहेका जेसीजका एक सय ६८ वटा शाखा र प्रस्तावित सात वटा शाखाबाट जेसीजका पदाधिकारी तथा सदस्यहरू उपस्थित हुनेछन् ।

इटहरीमा महाधिवेशन अवधिर तीन हजार पाँच सय मानिसहरू बस्ने र अन्य मानिसहरू भने छिमेकी पालिकाका विभिन्न होटलमा बस्नेगरी तयारी भइरहेको उनको भनाइ छ ।

महाधिवेशनले नेपाल जेसीजको नयाँ पदाधिकारी चयन गर्छ । एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष चयन गर्छ । सोहीअनुसार इच्छुक उम्मेदवारहरू अहिले शाखा भ्रमणसमेत गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया