इटहरी / मंसिरर २ गते खनारमा भएको सवारी दुर्घटनामा स्थानिय सन्झना यादवले ज्यान गुमाए पछि उत्पन्न परिस्थितिका विषयमा इटहरी उपमहानगरपालिकामा सर्वपक्षिय वैठक वसेको छ ।
वैठकमा भएको वृहत छलफलमा कोशी प्रदेशमा सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गर्ने निर्णय भएको छ ।
इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, ट्राफिक कोशी प्रदेशका एसपी विनोद घिमिरे, कोशी यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठ लगायत सरोकारवाला निकायसहितको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको हो ।
त्यसतै १५ दिनभित्रमा इटहरी सोनापुर क्षेत्रमा कोशी राजमार्ग विस्तार के कति कारणले रोकिएको विस्तृत अध्यन गर्न समेत सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले रानी विराटनगर इटहरी धरान छ लेन सडक आयोजनाका प्रमुख राजेन्द्र शाहलाइ निर्देशन दिनु भएको छ ।
बैठकमा सहभागी स्थानिय सडक–पुल सहयोग इकाई कार्यालय कोशीका प्रमुख सूर्यनारायण चौधरीले बस चालकको गम्भीर लापरबाहीका कारण नागरिकको हैसियतले मानिस ढुक्क भएर सडकमा हिँड्न सक्ने वातावरण नरहेको बताउनु भयो । ‘ड्राइभरलाई लाइसेन्स मात्रै होइन, ओरियन्टेसन आवश्यक छ,’ उहाँले भन्नु भयो हिजोको घटनामा ड्राइभरलाई माफी दिने त सवाल नै हुँदैन । ब्याक गरेर किचेर मारेको कुरा छ, यो गम्भीर लापरबाही हो ।’
त्यसतै स्थानिले सडक पेटी व्यवस्थापन गर्नुपर्ने कुरा उठाए । पालिकाले सडक पेटी व्यवस्थापन गरेमात्रै पनि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने स्थानयिको भनाइ छ । खासगरी सडक विभागले ६ लेन सडकमा खोलाको डीपीआर बनाउनुपर्ने ठाउँमा, नालाको डीपीआर बनाएको र डिभाइडर नभएको ठाउँमा दुर्घटना बढिरहेको स्थानियको वुझाइ रहेको छ ।
दुर्घटना हुने र लासमाथि यातायात व्यवसायीले राजनिति गर्ने परिस्थिती अनत्य हुनु पर्ने इटहरी १२ खनारका नेकपा माओवादी इन्चार्ज दिपक रसाइलीले बताउनु भयो । दुर्घटनाको विस्तृत छानविन हुनु पर्ने उनले बताए ।
घटनाका विषयमा स्थानिय सुशिल शाह,अरुण राजभत्त राजलवट,इटहरीका वातावरण अधिकृत पुष्पनारायण चौधरीलगायतले चिन्ता व्यत्त गरेका थिए ।
यसै विच इटहरी १२ खनारका वडा अध्यक्ष भुवन राज पोख्रेलले खनार क्षेत्रमा हुने भिडभाड र ट्र«ाफिक व्यवस्थापन विषयमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
मुख्य राजमार्गमानै यातायात व्यवस्था कार्यालयमा आउने सवारी रोकिने ,त्याहा भएका पार्टि प्यालेसहरुको पार्किङ्ग नहुनु र ट्र«ासपोर्टका ट्र«कहरु मुख्य सड्कमा पार्किङ्क गर्दा समेत दुर्घटना मुख्य कारण रहेको वैठकले निस्कर्ष निकालेको छ ।
कोशी यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले बसहरूले सर्भिस लेनबाट चलाउनुपर्ने बाध्यता रहेको बताए । ‘सिटी सफारी चैं हाइवेमा कुदिरहेको छ, अनि बस सर्भिस लेनबाट कुदाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘एउटा होटलका लागि डिभाइडर खोल्ने प्रचलन छ । सडक लेनको प्रयोग कसरी गर्ने भन्नेबारे शिक्षा दिन पनि आवश्यक छ ।’
बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले दोषी कोही पनि नउम्किने बताए । ‘लापरबाहीपूर्वक गाडी चलाउने र दोषी जो कोही पनि कारबाहीको भागिदार हुन्छ,’ उनले भने, ‘हामी आफैँ ट्राफिक नियमबारे शिक्षित हुन जरूरी छ । अब टाइम कार्ड लागू भएपछि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।’
सर्वपक्षिय वैठकमा इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले इटहरीको ट्र«ाफिक व्यवस्थापन,यातायात र सड्क सुसानका विषयमा आफु समेत गम्भिर भएर लागिपरेको बबताउनु भयो ।