इटहरी / मिथिलाको लोकपर्व सामाचकेवाको अवसरमा इटहरीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सामाचकेवा सांस्कृतिक कार्याक्रम २०८१ इटहरी उपमहानगरपालिका वडा नम्बर १३ थिस्त सोमवारेमा आयोजना गरिएको हो ।
परापुर्व काल देखी दाजु वहिनी विचको प्रगाढ स्नेहको महत्व दर्साउन यो पर्व एक साता सम्म तराइ मधेश क्षेत्रका वस्तिहरुमा हर्सोल्लासकाथ मनाइने गरिन्छ । पछिल्लो पुस्तालाइ यसको महत्व वुझाउन समेत यो कार्यक्रमको आयोजन गरिएको हो । ऐतिहासिक र धार्मिक महत्वको यो पर्व जोगाउन यस्तो कार्यक्रमहरु महत्वपुर्ण रहेको नेपाली कांगेश क्षेत्र नम्बर ३ क का सभापती दिपक ढकालले बताउनु भयो । विभिन्न जातजातिको मौलिक धर्म सस्कृतीलाइ संरक्षण गर्दै नया पुस्तालाइ यसको महत्व वुझाउन यो यस्ता कार्याक्रमहरु जरुरी रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा इटहरी र आस पास क्षेत्रवाट एक दर्जन महिलाहरुको समुहले आफुले बनाएको समाचकेवाको मुर्ति प्रर्दशन गरेका थिए । लोकपर्व सामाचकेवालाई संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक पर्शुराम चौधरीले जानकारीले दिनु भयो । विगत ५ वर्षदेखी हरेक वर्ष यो कार्यक्रमको अयोजना गरिदै आएको छ ।
कार्यक्रममा विभिन्न जातिय भेषभुषामा संस्कृतीक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कात्तिक शुक्ल द्वितिया तिथि देखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो ।
यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ ।
भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो

 

तपाईको प्रतिक्रिया