विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएका छन् ।
सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीले राईलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका राई कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी छन् ।
मन्त्रीपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका अधिकारीले विवादमा तानिएपछि बुधबार पदबाट राजीनामा दिएका थिए । बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।