सुनसरी / कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।

मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएको मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव रेवत कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

राजीनामा स्वीकृत भएपछि मन्त्रीज्यूले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने वताइएको छ ।
मन्त्री अधिकारी मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका थिए ।

तपाईको प्रतिक्रिया