इटहरी / सुनसरीको झुम्का भएको थारु चलचित्र तथा सास्कृति सघंको जिल्ला अधिवेसनले विनोद चौधरीको अध्यक्षतामा नया कार्यासमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्वाचित भएका छन् ।
कार्यसमितिको सचिव अभिराम चौधरी, सहसचिवमा सरोज कुमार चौधरी कोषाध्यक्ष सीतवसन्त चौधरी र सहकोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी,र पूष्पलाल चौधरी चयन भएका छन् ।
कार्यसमितिका सल्लाहकारहरुमा लालबहादुर चौधरी, रमानन्द चौधरी, पाण्डव चौधरी, सरस्वती चौधरी, विवेक चौधरी, जयप्रकाश चौधरी र राजाराम चौधरीलाई चयन गरिएको छ ।
रामधुनी–५ स्थित एक समारोहमा थारू चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
त्यस्तै थारू कल्याणकारी सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्रनारायण चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया