काठमाडौँ / महिला विकास उत्सुकता मञ्च ९फरवार्ड० मार्फत सुनसरी निर्वाचन क्षेत्र नं। ३ का एक सय विपन्न परिवारलाई निःशुल्क घर निर्माण गरिदिने सहमति भएको छ ।
ताइवानी संस्था चुजी फाउन्डेसनको सहयोगमा फरवार्डले ती घरहरू निर्माण गर्नेछ । जस अन्तर्गत पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर र इनरुवा नगरपालिका वडा नं ७ ९चांद्बेला० मा ३० घर निर्माण हुनेछन् ।
सोही परियोजना अन्तर्गत गढी र चांद्बेलाका स्थानीयसँग प्रारम्भिक छलफल गरिएको छ । त्यस अवसरमा बोल्दै पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले स्थानीयमा उत्साह, आशा, भरोसा र विश्वास रहेको पाएको बताए । उनले भने, ुस्थानीयमा उत्साह, आशा, भरोसा र विश्वास रहेको पाए । सम्भव भएसम्म सबै स्थानीयको आशा, विश्वास र भरोसा टुट्न दिने छैन । स्थानीयका अपेक्षा पुरा गर्न अहोरात्र खटिरहन प्रतिबद्ध छु ।ु
आगामी कात्तिक १४ गते चंद्बेलाबाट आयोजनाको शुभारम्भ गरिने फरवार्डका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले बताए ।
सुनसरी निर्वाचन क्षेत्र न ३ मा सञ्चालन हुने उक्त योजनाका लागि इटहरी ७, ९ र १० वडाका विभिन्न विपन्न बस्तीमा पनि निःशुल्क घर निर्माण गरिने योजना रहेको भएपनि सहयोगी संस्थाको सल्लाहअनुसार पहिलो चरणमा गाउँ केन्द्रित भएर आयोजना अगाडि बढेको बताइएको छ ।
त्यस अवसरमा योजना सफल भए दोस्रो चरणमा एक हजार घर बनाउन तयार रहेको चुजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर निर्देश शाक्यले बताएका थिए ।

तपाईको प्रतिक्रिया