सुनसरी /पुर्वेली थारु समुदाको महत्वपुर्ण धार्मिक अनुष्ठान गोठाले पर्व मनाएका छन  । दसैं सकेलग्तै मनाउने यो पर्व सुनसरी,मोरगं र झापाका थारु समुदायहरुले हर्सोल्लासका साथ मनाएका छन् ।
महामारीका कारण थारु जातिकै लोप हुने अवस्था आएपछि दिर्घायु तथा सन्तान माग्दै देवीको पूजा गर्ने, आफैँले कुवा, नहर तथा पोखरीमा जमेको पानीमा माछा मार्ने र चढाउने तथा नयाँ उत्पादित धानको विभिन्न परिकार ‘बगिया’ बनाएर चढाउने चलन छ ।
यसरी थारु समुदायले वर्षदिनको पिरमार्का  ईश्वर भक्ति र पारस्परिक सहयोग एवं सद्भाव बाँड्ने दिनको रूपमा थारु संस्कृतिले अंगिकार गरेको पर्वको रुपमा गोठालो पुजा गर्दै आएको थारु सस्कृतिविद रामसागर चौधरीले जानकारी दिनु भएको छ ।
थारु समुदायले आफ्नो सन्तानको शखको कामना गर्दै वली दिने देखी धामी खेलाएर आउने सकंट मोचन गर्न विभिन्न विधिहरु आजैको दिने गर्ने गर्दछ ।
थारुहरुको गोठाले पर्वको महत्व नयाँ पुस्तालाइ बुझाउन नसकेका कारण समेत विस्तारै यो पुजा लोप हुन अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया