इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ निवासि क्षितिज चौधरीले आफ्नो जन्मदिनको अवसरमा इटहरी स्थित माया घर नेपालमा आश्रित व्यत्तिहरुलाइ निशुल्क भोजन सेवा प्रदान गरेका छन् ।
पछिल्लो समय पार्टी प्यालेसमा जन्मदिन मनाई फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको बेला चौधरीले उक्त फजुल खर्च असहाय र अनाथहरुका लागि केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रममा रहेका निसायहय,असत्त तथा जेष्ठ नागरिक सहित १ सय ४६ जनलाइ निशुल्क विहानको खाना प्रवन्ध गरेका हुन ।
जन्मदिनका अवसरमा मानवीय सेवा कार्यमा सहयोग गरेकोमा माया घर नेपालका अध्यक्ष सुभद्रा सुवेदीले धन्यवाद व्यत्त गर्नु भएको छ । यस्तै मनकारीहरुको सहयोगवाट माया घरमा हासो आएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
पछिल्लो वर्ष समेत माया घरमा आफ्नो जन्मदिन क्षितिजले मनाएका थिए । जन्म दिनमा फजुल खर्च गर्ने भन्दा पनी यस्तो सेवाले वालवालिकाहरुमा समाज वुझने अवसर मिल्ने क्षितिका पिता सुर्यनारायण चौधरीले बताउनु भयो । यो कार्याक्रममा क्षितिजका माता पिता सहित उनका परिवार र मया घरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
माया घर नेपाल गरिव,निसाहय,विकलाङ्ग तथा जेष्ठ नागरिकहरुको आश्रय स्थलको रुपमा परिचत छ । यो संस्थामा आम मानिसहरुले आफ्नो जन्मदिन,वैवाहि वर्षघाठ तथा मन लागेका वेला निशुल्क भोजन र खाजाको प्रवन्ध गराउदै आएका छन् । त्यसतै दाताहरु रासन र नगद सहयोगवाट याहा आश्रितहरुको दैनिकी चल्दै आएको मया घर नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया