सुनसरी / चाडवाडको मौका छोपेर बजारमा तरकारीको मुल्य  बढाइएको पाइएको  छ ।
चाडपर्वको मौषम सुरु भएसँगै सुनसरी जिल्लामा तरकारीको मूल्य आकाशिएपछि यो जिल्लामा तरकारीमा भर पर्ने अन्य स्थानमा त्यसको प्रभाव समेत परेको छ । धरान स्थित थोक कृषि वजार केन्द्रका प्रवन्धक लक्षमण भट्र«राइका अनुसार  असोज पहिलो साता परेको अविरल वर्षाका कारण तरकारीको मूल्य आकाशिएको हो ।
बेमौषमी वर्षाले तरकारीको फूल झारेको र खेतमा पानी जम्दा बोट सुकेपछि उत्पादनमा ह्रास आएको उहाँको भनाइ छ । अहिले जिल्लाको स्थानीय बजारमा हरियो तरकारीको भाउ दोब्बर तेब्बर वढेको पाइएको छ ।
वर्षाअघि प्रतिकिलोको ३० रुपियाँमा बिक्दै आएका भिन्डीको भाउ अहिले ८० रुपियाँ पुगेको छ । प्रतिकिलोको १ सय ५० रुपैयामा पाइएने काउलि अहिले २ सय रुपैयामा उपभोत्ता खरिद गर्न बाध्य भएका छन् ।
त्यतसै प्रतिमुठाको १५ रुपियाँ पर्ने रायो साग ३० देखि ५० रुपियाँ पुगेको छ भने आलु प्रतिकिलो ५० रुपियाँबाट बढेर ९०  रुपियाँ, ३० रुपियाँको भण्टा ५० रुपियाँ पुगेको छ ।
प्रतिकिलो ५० रुपियाँ पर्ने बोडी १०० रुपियाँ, फर्सी ३५ बाट बढेर ७५ रुपियाँ, गोलभेडा एक सयदेखि १२० रुपियाँ पुगेको छ ।
बजारमा व्यपारीको मनोमानी हुदा समेत स्थानिय पालिकाहरुले अनुगमन नगर्दा उपभोत्ता ठगिन वाध्य बनेका छन् ।
चाडवाडका बेला हरिया तरकारीको खपत बढी हुने र कृषकले दोस्रो पटक लगाएको तरकारी बजारमा आउन ढिला हुने भएकाले तत्काल यसको मूल्यमा गिरावट आउने सम्भावना कम देखिएको व्यापारीहरू बताउँछन ्

तपाईको प्रतिक्रिया