सुनसरी / नेपालीहरुको माहन चाडँ बडा दसैको अवसरमा बनाइएको दुर्गा माताको मुर्तिहरु आज विधिवत रुपमा सेलाउन थालिएको छ ।
आज सयौंको सख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थितिमा कोशी कटानमा मुर्ति विसर्जन गरिएको छ । त्यसतै सप्तकोशी नदी,स्थानिय पोखरीहरु,नदी तथा विभिन्न जलासयहरुमा मुर्ति सेलाउनेहरुको घुइचो लागेको छ । मुर्ति सेलाउदा कुनै अप्रिय घटना नहोस भन्दै जिल्ला प्रहरी कर्यालय सुनसरीले विभिन्न जलासयहरुमा निगरानी समेत बढाएको छ ।
बडा दशैंको घटस्थापना देखिनै मुर्ति स्थापना गरि प्रत्येक बर्ष सुनसरीको इनरुवा,धरान,इटहरी,खनार,भुम्का,दुहवीलगायतका स्थानमा दुर्गामाताको पुजाआज गरिन्छ ।
मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तनसमेत भइरहेको छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी आज(आइतबार ) शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गरिएको दुर्गा पुजा संचालन समिति खनारका अध्यक्ष रम्भु शर्माले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया