विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वट पुल अलपत्र परेका छन् । प्रदेश सरकार स्थापना भएपछि शुरु भएको प्रदेशका ती योजनाहरु अलपत्र परेका छन् ।

कम सक्नु पर्ने समय सिमा गुज्रिएपनि ती योजनाको प्रगती हुन सकेको छैन । भौतक प्रगती हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरुलाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरेको छ ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपन्द्र राईले समय सिमा गुज्रिसकेर पनि निर्माण सम्पन्न हुन नसकेका १९ वटा सडक र १२ वटा पूललाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरिएको बताए ।

प्रदेश सरकारले संकटग्रस्त योजना घोषणा गरि काम शुरु गर्नेका लागि योजना समेत बनाएको बताए ।

उनले भने,‘सङ्कटग्रस्त योजना घोषणा गरि यहि महिनादेखि निर्माण स्थलमै गएर छलफल थालिने छ । योजना स्थलमा जाने,निर्माण व्यवसायीलाई पनि लैजाने र जनतालाई पनि भेला पारेर छलफल गर्ने तयारी भएको छ ।’

मोरङ्गमा चार वटा सडक सङ्कटग्रस्ता घोषणा भएका छन् । यस्तै सुनसरीमा ३ वटा सडक आयोजना सङ्कटग्रस्त घोषणा भएका छन् ।

झापा उदयपुर, ओखलढुङ्गा र इलाममा दुई दुई वटा सडकलाई सङ्कटग्रस्त घोषणा गरिएको छ । यस्तै सोलुखुम्वु र सङ्खुवासभाका एक एक सडक आयोजना अवधी सकिएर पनि अलपत्र रहेको मन्त्री राईले बताए ।

यस्तै सङ्खुवा सभाका ३ वटा भोजपुरका दुई वटा पुल समाय अबधी सकिएर पनि निजर्माण सम्पन्न हुन सकेका छैनन् । मन्त्रालयका अनुसार तेह्थुम, इलाम धनकुटा भोजपुर सुनसरी उदयपुर र सोलुखुम्वु जिल्लामा निर्माणा धिन पुल पनि अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया