सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार भेटघाट कार्यक्रम गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।
चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना प्रहरीको रहेको छ । नेपालीहरुको महान चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, धार्मिक स्थलहरु, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चुनौतीहरु पहिचान गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले बताउनुभयो ।
जिल्लाको शहरी तथा ग्रामिण परिवेशलाई ध्यानमा राखेर तथा सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा एक हजार १ सय ४१ जना प्रहरी परिचालन गरिएको छ । त्यसतै
प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद तिम्सिनाको नेतृत्वमा अनुगमन समिति, इलाकाहरुमा प्रहरी निरीक्षक तथा इन्चार्जको नेतृत्वमा पाँच जनाको प्रभावकारी टिम, आवश्यता अनुसारको सवारी गस्ती र १७ वटा मोवाइल गस्ती परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया