सर्च इन्जिन गुगलले शुक्रबार २६ वर्ष पूरा गरेको छ । सन् १९९८ मा स्थापना भएको गुगलले शुक्रबार सेप्टेम्बर २७ मा २६औं जन्मदिन मनाएको हो ।

स्टानफोर्ड विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका दुईजना विद्यार्थी ल्यारी पेज र सर्गेइ ब्रिनले गुगलको स्थापना गरेका थिए । गुगलले सेप्टेम्बर २७ मा आफ्नो बर्थडे मनाउने गरेको भए पनि यसको वास्तविक स्थापना मिति चाहिं सेप्टेम्बर २७ होइन । गुगलको जन्मोत्सवको रोचक तथ्य यस्तो छ स्

वास्तवमा सर्गेइ ब्रिन र ल्यारी पेजले सन् १९९८ को सेप्टेम्बर ५ मा गुगललाई एक कम्पनीको रुपमा पहिलोपटक दर्ता गरेका थिए । त्यसअघि सन् १९९७ को सेप्टेम्बर १५ मै उनीहरुले गुगलको वेब डोमेन दर्ता गरेका थिए ।

गुगलको आफ्नै ब्लग पोस्टमा भनिएको छ – हाम्रो कम्पनी स्थापनाको एकीन मिति अहिलेसम्मै यसको जवाफ दिनुपर्ने ठाउँमा रहेका हामीहरुका लागि समेत विवादित छ ।

गुगल कम्पनी सेप्टेम्बर ४ मा स्थापना भएको हो । तर, एक दशक भन्दा लामो समययता हामीले सेप्टेम्बर २७ मा बर्थडे मनाउँदै आएका छौ‍ं ।

ब्लुम्बर्गका अनुसार गुगल सर्च इन्जिनको वास्तविक जन्ममिति चाहिं सेप्टेम्बर ८ हो । सन् १९९८ को सेप्टेम्बर ८ मा गुगल पेज पहिलोपटक अनलाइनमा आएको थियो । तर, गुगलले केवल २००३ मा मात्रै सेप्टेम्बर ८ तारखेमा आफ्नो जन्मदिन मनाएको छ र त्यसअघि तथा पछि पनि पटक(पटक आफ्नो जन्ममिति परिवर्तन गरिरहेको छ ।

सन् २००४ मा गुगलले सेप्टेम्बर ७ तारेखमै आफ्नो जन्मदिन मनाएको थियो । सन् २००५ मा चाहिं उसले सेप्टेम्बर २६ मा बर्थडे मनायो । अर्को वर्ष सन् २००६ देखि गुगलले सेप्टेम्बर २७ मा आफ्नो जन्मदिन मनाउन थालेको हो, जुन अहिलेसम्मै जारी छ ।

गुगलले सेप्टेम्बर ४, सेप्टेम्बर ८ तथा सेप्टेम्बर १५ मा जन्मदिन मनाउनु स्वभाविकै हुन्थ्यो । किनकि उल्लेखित मितिमा गुगल कम्पनी स्थापना, गुगल पेज अनलाइनमा आएको तथा गुगलको डोमेन दर्ता भएका थिए । तर, सेप्टेम्बर २६ तथा सेप्टेम्बर ७ मा बर्थडे मनाउनुको खास कारण चाहिं छैन ।

त्यसोभए किन उसले सेप्टेम्बर २७ मा बर्थडे मनाइरहेको छ त रु यसको चाहिं एउटा कारण छ । सन् २००६ मा गुगलले आफ्नो सर्च इन्जिनमा कीर्तिमानी २७ पेज अनुुक्रमणीकरण अर्थात् इन्डेक्सिङ गरेको ऐतिहासिक उपलब्धिलाई सेलिब्रेट गर्नका लागि गुगलले सेप्टेम्बर २७ मा आफ्नो जन्मदिन मनाउन थालेको हो । यो उसको मार्केटिङ रणनीति तथा सर्च इन्जिनको क्षेत्रमा आफ्नो प्रभुत्व स्थापित भएकोमा खुसीयाली मनाउने काइदा हो ।

के हो गुगलको अर्थ ?

गुगल अर्थात् न्ययनभि शब्द न्ययनभि बाट अपभ्रंश भएर आएको हो । यो एउटा विशाल संख्याको गणितीय नाम हो जसमा एक अंक पछाडि १०० वटा शुन्ना हुन्छन् । अर्थात् एकसय वटा शुन्ना भएको कुनै पनि अंकलाई जनाउनका लागि गुगोल लेखिन्छ ।

गुगलले विशाल मात्रामा जानकारीहरु प्रदान गर्न सक्छ भन्ने कुरा दर्शाउनका लागि यस्तो नामाकरण गरिएको हो ।

तर, नयाँ वेबसाइट दर्ता गर्न आएको बेला सेर्गेइ ब्रिनले त्यसको नाम गलत उच्चारण गरेपछि गुगल डटकमको जन्म भएको हो ।

गुगल सम्बन्धी केही अनौठा तथ्य 

गुगल सर्च इन्जिनमा हरेक दिन डेढ सय वटा विभिन्न भाषामा अर्बौं सर्च हुन्छन् र ती सर्च डेटाहरु २० भन्दा धेरै डेटा सेन्टरबाट प्राप्त भएका हुन्छन् ।
यो कुरा सुन्दा पत्यार नलाग्न सक्दछ, तर यथार्थ के हो भने सर्गेइ ब्रिन र ल्यारी पेजको बीचमा जुन पहिलो बैठक भएको थियो, त्यसबेला कुनै पनि कुरामा सहमति बनेको थिएन । तर, पछि उनीहरु दुवै मिलेर गुगलको स्थापना गरे ।
गुगल बन्नुअघि यसको सुरुवाती नाम द्यबअपचगद थियो । गुगल सुरुमा वेब लिंकहरुमै निर्भर थियो र यसले कम्पनीहरुको महत्वको आधारमा सूचीकरण गर्नका लागि ब्याक लिंकहरुको विश्लेषण गर्दथ्यो । पछि सन् १९९८ को सेप्टेम्बर २७ मा मात्रै गुगल कम्पनी आधिकारिक रुपमा दर्ता भएको थियो ।
सन् १९९८ को सेप्टेम्बर २७ मा भाडामा लिइएको एक ग्यारेजमा गुगल इंक नामक कम्पनीको आधिकारिक जन्म भयो र सोही ग्यारेजलाई नै गुगलले आफ्नो पहिलो अफिस बनायो ।
सन् २००६मा गुगल शब्दलाई शब्दकोषमा क्रियापद ९खभचद० को रुपमा सामेल गरियो । मेरियम वेब्स्टर डिक्सनरीमा न्ययनभि शब्दको अर्थ वर्ल्ड वाइड वेबमा कुनैपनि जानकारी प्राप्त गर्नका लागि सर्च गर्नु भन्ने लेखिएको छ ।

तपाईको प्रतिक्रिया