इटहरी। एसियन हाइवेअन्तर्गत पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा९लौकही सडक खण्डमा ५२ वटा पुल, २८९ कल्भर्ट र १० वटा सवारी साधन गुड्ने ओभरपास एकैसाथ निर्माण हुँदैछन् । झापाको चारआली, बिर्तामोड र चारपानेमा एकएकवटा ओभरपास राखिएको छ । सहरको व्यस्तता र हाइवे क्रस भएपछि दमक र इटहरीमा तीनवटा ओभरपासको नक्सा तयार भएको हो ।

दमकको पशुहाट, मुख्य चोक र भाटभटेनी आसपास तीनवटा ओभरपास रहने भएका छन् । मोरङको बाँसबारीमा क्रसिङ हाइवेको अवधारणाअन्तर्गत माथिबाट र माइनर रोड तलबाट हुनेगरी डिजाइन भएको छ ।

इटहरीको जुटविकास चोक, मुख्यचोक ९कोसी राजमार्ग० र कलंकी चोकमा गरी तीनवटा ओभरपासको व्यवस्था छ । त्यसबाहेक बीचबीचमा सानासाना क्रसिङ–वे राखिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए।

दमक, उर्लाबारी र विराटचोकमा छुट्टै ओभरहेड क्रसिङको व्यवस्था हुने भएको छ । पैदलयात्रुको लागि १८ वटा अन्डरपास र १२ वटा पशु क्रसिङसहितको सडक निर्माण हुने आयोजना कार्यालयले जनाएको छ ।

पर्यावरणलाई ख्यालमा राखिएको बताउँदै आयोजना प्रमुख प्रजापतिले चारआली र बिर्तामोड बीचको जंगलमा हात्तीको लागि क्रसिङ राखिएको जानकारी दिए ।

वन्यजन्तुको कारण राजमार्गमा असर नपुगोस् भन्ने उद्देश्यले पर्यावरणलाई ख्याल गरिएको उनको भनाइ छ । राजमार्ग निर्माणको कारण वन्यजन्तुको वासस्थानलाई समेत सुरक्षित गर्न खोजिएको उनले बताए ।

एसियाली डेभलपमेन्ट बैंक ९एडीबी० को ८४ दशमलव १० प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव ९० प्रतिशत लगानीमा हाइवे मर्मतको काम सुरु भएको आयोजना कार्यालयले जनाएको छ । ३४ अर्ब ९१ करोड लागतमा सम्पन्न हुने आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सय किलोमिटर प्रतिघण्टाको स्पिडको लागि सडक निर्माण भएको हाइवेले नेपाललाई दक्षिण एसियाली मुलुकका प्रमुख सहरसम्म जोड्ने भएको छ ।

म्यानमार, बंगलादेश, भारत, पाकिस्तान हुँदै इरानसम्म फैलिएको विशाल सडक सञ्जालले प्रमुख सहर तथा सांस्कृतिक केन्द्रलाई समेटेको हो ।

झापा मोरङ र सुनसरी तीन जिल्लामा सञ्चालित आयोजनाको ५७ किलोमिटरमा चार लेनसहित २४ मिटर चौडाइ भएको सडक निर्माण हुने भएको छ ।

इटहरी, बिर्तामोड, दमक, उर्लाबारी लगायत सहरी क्षेत्रमा दायाँबायाँ ६।५ मिटरको फुटपाथ निर्माण गर्ने तयारी छ ।

सहरी क्षेत्रमा २८।४ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नति हुने आयोजना कार्यालयले जनाएको छ । ३ मिटर चौडाइको डिभाइडरसहित दुवैतर्फ फुटपाथ अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया