सुनसरी /निरन्तर केहि दिनदेखी भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बाहाव वर्षकै उच्च मापन गरिएको छ ।
आज दिउसो दइ बजे मापन गरिएको सप्तकोशी नदीको पानीको बाहाव ५ लाख २१ हजार ४ सय ५५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । कोशी व्यारेजको अहिले सबै ५६ ढोका खोलिएको छ ।
भारतको जल संसाधन विभाग पटनाले ब्यारेजमा पानीको मापन ७ लाख क्युसेक आसपास पुग्ने अनुमान गरेको छ । नेपाल भारतको कोशी सम्झौता अनुसार कोशी व्यारेजको पानी नियन्त्रण देखी रेखदेखलगायतका काम भारत सरकारको हो ।
यसै विच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्किले कोशी प्रभावित क्षेत्रको स्थलनगत निरिक्षण गर्नु भएको छ । सुनसरीको प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मि र स्थानिय जनप्रनितिधिहरु सम्मिलीत टोलीले कोशी प्रभावित क्षेत्रको रिक्षण गर्नु भएको हो ।
हाल सम्म सुनसरीको तटीय क्षेत्रमा अहिले सम्म कुनै क्षति नपुगेको प्रशासनले जनाएको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया