सुनसरी / सुनसरी जिल्लाको वलहा निवासी कानुन व्यवसायि मणिराज दुलाल सहित जिल्लाका तीन जना कानुन व्यवसायीहरुले वरिष्ठ अधिवक्ताका उपाधि पाएका छन् ।
सुनसरी जिल्ला वार एसोसिएनका पुर्व अध्यक्ष समेत रहनु भएको मणीराज दुलालसंगै यस जिल्लाका  कृष्ण दाहाल र  बाबुराम भट्टराईले समेत वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गर्नु भएको छ ।
मणिराज दुलाल सुनसरी जिल्ला अदालत उच्च अदालत विराटनगरसहित मुलुकका विभिन्न आदालतहरुमा महत्वपुर्ण बहस गर्नु भएको पुर्वको चर्चिात अधिवत्ता मध्येमा समेत चर्चित हुनुहुन्छ ।
सर्वोच्च अदालतले यसै साता मुलुक भरवाट १ सय ५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको हो । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो ।
लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको, विधिको शासन प्रवर्द्धनमा सहयोग पु¥याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने विश्वव्यापी चलन छ ।
नेपालमा पनि कानुन व्यवसायी ऐनमा वरिष्ठ अधिवक्ताको उपाधीसम्बन्धी व्यवस्था गरिएको छ । लामो समयदेखि वकालतमा सक्रिय रहेको तथा समाजमा योगदान गरेका केही निश्चित कानुन व्यवसायीलाई यसरी उपाधी दिने गरिन्छ ।
वरिष्ठ अधिवक्ताले अदालतमा बहस पैरवी गर्न जाँदा साथमा एक जना अधिवक्ता लिएर जानुपर्ने नियम छ । नेपालमा पहिलो पटक १२ कात्तिक २०१३ मा सर्वोच्च अदालतले पहिला पटक वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो ।

तपाईको प्रतिक्रिया