खनार / सुनसरीको खनारमा प्रत्येक वर्ष आयोजना हुने दुर्गा पुजा यस वर्ष पनी भव्यरुपमा मनाउन समाजसेवी रम्भु शर्माको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएको छ ।
हरेक वर्ष हुने दुर्गा पुजा र छट पुजालाइ एउटै समितिले व्यवस्थापन गर्ने गरी नयाँ कार्य समिति गठन गरिएको हो । इटहरी उपमहानगरपालिका १२ खनारका वडा अध्यक्ष भुवनराज पोख्रेलको अध्यक्षतामा भएको वृहत छलफमा समितिका उपाध्यक्षमा सुमित शाह सचिवमा शिवकुमार सरदार सहसचिवमा भरत शाह कोषाध्यक्षमा नविना बराल रहेका छन् ।
त्यसतै सदस्यहरुमा सागर मण्डल,सुरज शाह,विनिता सिग्देल,ओमप्रकाश शाह,उर्मिला शर्मा,विक्कि शाह,भोला सुतिहार,उमाकान्त शाह,गिता सरदार ,विटु शाह र स्वस्तिका शर्मा रहेका छन् ।
वर्षेनी मनाइने दुर्गा पुजा र छठ पुजामा गठन गरिने समितिले पुजा व्यवस्थापन गर्दै अएको थियो । तर यस वर्षदेखी विधिवत रुपमा एउटै समितिले पुजाको व्यवस्थापन गर्ने गरी समिति वनाइएको हो ।
यो समिति विधिवत रुपमा दर्ता गरी समितिको स्थाइत्व लाइ निरन्तरता दिइने वडा अध्यक्ष भुवनराज पोख्रेलले बताउनु भएको छ ।
छलफमा स्थानिय राजनितिक दल,समासेवी,व्यवसायी,जनप्रनितिहरुको उपस्थित रहेको थियो । यस वर्ष हुने पुजालाइ सवैको सहयोगमा भव्यरुपमा मनाइएने यस कार्यासमितिका अध्यक्ष रम्भु शर्माले बताउनु भयो ।

तपाईको प्रतिक्रिया