विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ । संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त हुन भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिन लाग्नु भएको हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिनु भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा पूर्णकुमारीको मृत्यु !
विराटनगर । श्रीमानले पेट्रोल खन्याएर आगो लगाउँदा उदयपुरमा एक जना महिलाको मृत्यु भएको छ । श्रीमानले पेट्रोल खन्याएर आगो ल...
बलात्कार मुद्दामा फसाउने योजनामा संलग्न देखिए सुनसरीका पूर्व प्रहरी प्रमुख ;एसपीु थापा !
इटहरी / एक व्यापारीलाई बलात्कार मुद्दामा फसाउने योजनामा संलग्न रहेको आरोपमा सुनसरीका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक...
२ दिनमै फेरिए जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख, लिम्बूको सट्टा चिमरिया !
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा प्रहरी उपरीक्षक नारायण चिमरिया आउने भएका छन् । प्रहरी उपरीक्षक नवराज क...
ग्रामथानमा मसिंरमा हुने उपनिर्वाचनकालागी माओवादीले घोषणा गरे अध्यक्षको उम्मेदवार !
विराटनगर । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा ९माओवादी केन्द्र०ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझ...
पूर्वमन्त्री चौधरीको पहलमा सुनसरीका १०० विपन्न परिवारलाई निःशुल्क घर दिइने !
काठमाडौँ / महिला विकास उत्सुकता मञ्च ९फरवार्ड० मार्फत सुनसरी निर्वाचन क्षेत्र नं। ३ का एक सय विपन्न परिवारलाई निःशुल्क घ...
सर्पको महत्व बुझाउन सर्प महोत्सव हुँदै !
तुलसीपुर / दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्...