सुनसरी / धरान १५ का युवक राई सहित ९ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा मोरङको ग्रामथान(४ बाट शनिवार राती ८ बजे पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला(१ का महेश साह, दुहबी(६ का जयकिशोर साह, दमक(१० का ऋतुवर्ण नेम्वाङ, सुन्दरहरैँचा १ का जनककुमार मास्के, प्रताप राई, ग्रामथान(४ का अहिलाल माझी र लेटाङ(९ का लोकनाथ सापकोटा रहको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पूर्व सूचनाका आधारमा मोरङ प्रहरीले जुवाको खाल बाँस घारीभित्र बनाइएको टहरामा छापा मारेको थियो । जुवा खालबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ नगद बरामद भएको छ ।

१६ थान कौडा, १२ बुक तास, पैसा राख्ने काठको बाकस, झोला, १५ वटा मोबाइल बरामद भएको मोरङका प्रहरी एसपी नवराज कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेका शिवनारायण माझी २०७४ सालको स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया